AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विश्वविद्यालयको रजत जयन्तीमा राष्ट्रपति भण्डारी विराटनगर आउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७५, सोमबार २०:४३
3
Shares

विराटनगर / पूर्वाञ्चल विश्व विद्यालयको रजत जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउने भएकी छिन् । पूर्वाञ्चल विश्वविद्यालयले पुस १९ गते आयोजना गर्ने कार्यक्रममा राष्ट्रपती भण्डारी आउने भएकी हुन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति घनश्यामलाल दासले रजत जयन्तीको अवसरमा विभिद कार्यक्रमको आयोजना गरिने बताए । विश्वविद्यालय स्थापना गर्न भूमिका खेल्ने भरतमोहन अधिकारी, विराटनगरका पूर्व मेयर अशोक कोइराला, तुलबहादुर कार्की, प्रथम सेवा आयोग प्रमुख कृष्ण पोखरेल र प्रथम उपकुलपति स्वर्गिय धु्रुवनारायणलाल दासलाई सम्मान गर्न लागिएको दासले जानकारी दिए ।

नेपाल सरकारले ८ सय ५ विगाहा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाँउ परिसरको समग्र शैक्षिक एव्म प्राज्ञिक विकासलाई लक्षित गरी एमबीवीएस शैक्षिक कार्यक्रमको संचालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आंगिक क्याम्पसहरुको विकास गर्दै लैजाने लक्ष्य राखी नौ वटा आंगिक क्याम्पसकसो विकास एव्म सम्बद्र्धनमा विश्वविद्यालय अग्रसर छ ।

रजत महोत्सवको अवसरमा विश्वविद्यालयका ६ वटा संकाय अन्तर्गत ८० वटा व्यावसायिक र प्राविधिक विषयका कार्यक्रमहरु संचालन भइरहेको र १ सय २१ वटा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरुको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजनाहरु रहेको उपकुलपति दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर