पूर्वाञ्चल खबर
सुनसरीको रामधुनी ७ स्थित पञ्चायन सामुदायिक बनको १६ औ बार्षिक साधारणसभाको उद्धघाटन गर्दै यस्तो कुरा मन्त्री कुसयितले बताएका हुन् । मन्त्री कुसियतले पछिल्लो समय वनक्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै अतिक्रमण रोक्न समाजका अगुवाहरुलाई आग्रह समेत गरे ।
मन्त्री कुसयितले बन क्षेत्रको सिमसारलाई संरक्षण गरी पर्यटकिय केन्द्रको रुपमा विकास गर्न सके जो कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था नरहने दाबी गरे । सुनसरी पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला भएकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागी निश्चित योजनाका साथ काम भैरहेको जानकारी दिए । उनले सुनसरीको बर्जु ताल, रामधुनी, सप्तकोशी नदी करिडोर, बराहक्षेत्र, पिण्डेश्वर, रास ताल र तालतलैया क्षेत्रको बिकासका लागी प्रदेश सरकारले बजेट छुट्याएर काम गरिरहेको बताए ।
मन्त्री कुसयितले अहिले तीन तहको सरकार रहेकोमा स्थानिय सरकारलाइ बढी अधिकार रहेको जानकारी दिदै पर्यटन प्रबद्र्धनको लागी स्थानिय सरकार पनि अग्रसर हुनु पर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा जिल्ला बन महासंघका केन्द्रीय सदस्य गणेश गुरागाईले जल, जमिन र जंगलको मालिक स्थानिय जनता हुनु पर्ने बताए । जिल्ला डिभिजन कार्यालय सुनसरीका सहायक वन अधिकृत महेश शाहले वन जंगलको संरक्षण गर्ने सामाजिक संस्कारको विकास गर्नु पर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ सुनसरीका अध्यक्ष केशव गौतमले बैज्ञानिक वन व्यवस्थापनको नाममा वन मास्न सरकार लागि परेको आरोप लगाए । साधारणसभामा पञ्चायन सामुदायिक बनका अध्यक्ष प्रेम कार्कीले आर्थिक बर्ष २०७४–७५ को बार्षिक प्रगति प्रतिबेदन र आर्थिक बर्ष २०७५–७६ को बार्षिक कार्यक्रम पेश गरे ।