AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ विराटनगर : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७५, शुक्रबार १७:१९
3
Shares
विराट एक्स्पोको उदघाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधर राई । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्रदेश नं.१ मा आर्थिक क्रियाकलाप वढाउन तथा उद्योग व्यापार तथा कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि विराटनगरमा अन्तराष्ट्रिय व्यापारमेला विराट ट्रेड एक्सो २०१८ शुुरु भएको छ ।

मेलामा नेपालभरिका घरेलुु, साना , मझौलातथा ठुुला उधोगहरुका अतिरिक्त स्वदेशी विदेशी व्यवसायका उत्तपादित समान तथा पाहाडि जिल्लाका खनिजजन्य तथा कृषिजन्य उत्तपादन रहेका छन ।

एक्सपोको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्रािष्ट्रयस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन् । मोरङ व्यापार संघले विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पोेको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइसकेको समेत बताए । एक हजार पाँच सय मिटर रनवे रहेको विराटनगर विमान स्थललाई क्षेत्रीय स्तरको बनाउन दुई हजार ४ सय मिटरको रनवे विस्तार गर्ने कार्य भइरहेको मुख्यमन्त्री राईको भनाई थियो ।

मुख्यमन्त्री राईले विराटनगरको विमानस्थलालाई अन्तराष्ट्रिय स्तरको विमान स्थल बनाउनका लागि यसको स्तरोन्नति गर्न तीन हजार मिटरको रनवे बनाउन प्रदेश सकारले प्रधानमन्त्रीलाई प्रस्ताव प्रतिवेदन बुझाई सकेको जानकारी समेत गराए । मुख्यमन्त्री राईले विराट ट्रेड एक्स्पोले यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन थप टेवा दिने चर्चा गर्दै व्यापार मेलाले यस प्रदेशमा कृषि, पर्यटन र उद्योगको क्षेत्रमा थप प्रेरणा मिल्ने धारणा राखे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेका बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा उद्योगी मोति दुगडले पनि विराट एक्सपोको उदेश्य महत्व माथि प्रकाश पारेका थिए ।

मेलामा प्रत्यक्ष रुपमा २० करोडको आर्थिक कारोबार हुने नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सदस्य ललित सिंखडाले जानकारी दिए । मेलामा नेपालका २ सय ८ र भारत, पाकिस्तान र बंगलादेशका ४२ गरी २ सय ५० वटा स्टल रहेका छन् । मेलाको अवधिभर दुुईलाख आगन्तुुकले अवलोकन गर्ने आयोजकले जनाएको छ । दैनिक उपभोग्य सामग्री, मेशिनरी पार्टपुर्जा, गाडी, तयार पोशाक, छालाका सामान, हस्तकला वस्तु, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर