AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ पुष २०७३, आईतवार १७:०३
3
Shares
फाइल तस्वीर

३ पुस विराटनगर /श्रीलंकामा जारी यु– १९ एसिया कप क्रिकेटमो मलेसियालाई पराजित गर्दै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

अहिले भर्खरै कोलम्बोमा सम्पन्न भएको समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा मलेसियालाई १ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको हो ।

जवाफमा १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ दशमलव ४ बलमा ९ विकेट गुमाएर सो विजय लक्ष्य भेटाएको थियो । नेपालको जितका लागि अनिल शाहले ३२, अभिनाश कर्णले २९, दीपेन्द्रसिंह ऐरीले २२ रन बनाएका थिए भने पवन सरफ्रराजले २९ रन तथा कप्तान सन्तिप लामिछानेले ३ रनमा अविजित गरे ।

यस्तै भारतविरूद्ध आक्रमक प्रदर्शन गरेका रोहितकुमार पौडेल १२ रनमा आउट भए । मलेसियाका विरनदिप सिंहले ३ तथा मोहम्मद हाफिज र सेयद आजिदले २–२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ४ बलमै १ सय ५३ रनको मध्यम योगफल तयार पारेको थियो ।

मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७५ रन बनाएका थिए । मलेसियालाई मध्यम स्कोरमा रोक्न नेपालका आदिल खानले ३ तथा सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिएका थिए भने रोहितकुमार पौडेल र शुभंकर उराँवले १–१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर