AArya
RUMPUM
animated ellipse animated ellipse

‘माया तिमी गर्छौ भने’ म्यूजिक भिडियो सार्वजानिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७५, बिहीबार १९:१४
3
Shares
विराटनगर / गायक जि.एम. राईको स्वर रहेको ‘माया तिमी गर्छौ भने’ बोलको गीतकोे म्यूजिक भिडियो सार्वजानिक भएको छ । एक कार्यक्रम आयोजा गरि युटुवमार्फत म्यूजिक भिडियो सार्वजानिक गरिएको हो ।

उक्त म्यूजिक भिडियोको निर्देशन दिनेश माङ्गमुले गरेका छन् । यस गीतको शब्द, संगीत टिका वोम्जोनले गरेका छन् भने ऐरेन्ज पवन लामाले गरेका हुन् ।

गायक राइको स्वर रहेको गीतको भिडियो निर्देशक माङ्गमुले उत्कृष्ट ढङ्गले प्रस्तुत गरेका छन् । यस म्यूजिक भिडियोमा कलाकार निराजन प्रधान र रेखा लिम्बुले अभियन गरेका छन् । एक्शन स्टुडीयोमा रेकडिङ्ग गरेको थियो भने श्रृङ्गार बिमला तामाङ्ग र छायाँकन अर्जुन तिवारीले गरेका छन् । सम्पादन भने विकास धमलाले गरेका छन् । निर्देशक दिनेशले मनोरम स्थलमा छायाँकन गरेका गरेको म्यूजिक भिडियो दर्शकले रुचाउने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर