पूर्वाञ्चल खबर
महान्यायाधिवक्ता खरेलले आज विराटनगर महानगरपालिका वडा नं ७ स्थित जिल्ला सरकारी वकिलको कार्यालय भवनको शिलान्यास गर्दै सो कुरा वताएका हुन् ।
आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी २१ कोठे अढाई तल्ले उक्त भवन रु ३ करोड १० लाख ६० हजारमा निर्माण गरिने भएको छ । महान्यायाधिवक्ता खरेलले वर्तमान सरकार बिकृति र विसंगति विरुद्ध रहेकोले सोही अनुरुप कार्यालय व्यवसायिक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यालयलाई सुद्धिढिकरण, भौतिक साधान स्रोध सम्पन्न गर्नका सरकारले कार्य गरिरहेको वताउँदै महान्यायाधिवक्ता खरेलले दक्षतासँग जोडिएका कार्यक्रम सञ्चालन गर्नु पर्ने वताए ।