AArya
RUMPUM
animated ellipse animated ellipse

धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७५, बिहीबार ०८:४२
3
Shares
कुुमोद अधिकारी
विराटनगर /मोरङ जिल्लाको १२ औं स्थानीय तहको रुपमा धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ ।

अव एक नम्वर प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकाको दुुइवटा वडा कटहरी, बूढीगंगा, जहदा गाउँपालिका र सुनवर्षी नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । यसमध्ये सुनवर्षी नगरपालिका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट अन्तिम गुणस्तर अनुगमन समेत भैसकेको छ भने बूढीगंगा गाउँपालिकाले अन्तिम गुणस्तर अनुगमनको तयारीमा छ ।

धनपालथान गाउँपालिकाले एक कार्यक्रमको आयोजनागरी प्रदेश सभा सदस्य ज्ञानेश्वर राजवंशी र धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिंहले धनपालाई खुल्ला दिसामुक्त गाउपालिका घोषणा गरे ।
उनीहरुले खुल्ला दिसामुक्तको प्रतीक हरियो झण्डा फहराउँदै खुुला दिसामुुक्त गाउँपालिका घोषणा गरेका हुन् । यसैगरी जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल र प्रदेश सांसद राजवंशीले जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको तर्फवाट गाउँपालिका अध्यक्ष सिंहलाई खुल्ला दिसामुक्तको प्रमाणपत्र प्रदान गरे ।

गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले पूर्ण सरसफाइ प्रवद्र्धनका लागि गाउँपालिका स्थानियसंग सामुहिक प्रतिवद्धता गरेका छन् । ७ हजार ९ सय १८ घरधुरी रहेको धनपालथान गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ३ हजार १ सय ६६ घरधुरीमा सुरक्षित चर्पीको पहुँच रहेको थियो ।

अभियानको क्रममा बाँकी ४ हजार ७ सय ५२ घरधुरीमा सुरक्षित चर्पीको निर्माण भै सम्पूर्ण घरधुरीहरुमा सुरक्षित चर्पीको पहुँच पुगेको गाउँपालिकाका कार्यकारी अधिकृत वावुुराम लुुइटेलले वताए ।
धनपाल गाउँपालिकालाई पूर्ण सरसफाइ राख्न गाउँपालिकाले पूर्ण सरसफाई मार्ग दर्शन तयारी गरि रहेको कार्यकारी अधिकृत लुुइटेलले वताए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष पोखरेलले पूर्ण सरसफाइ अभियानको निरन्तरतामा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष नसिमा वानुु ,जिल्ला समन्वय समितिका उपप्रमुख प्रकाशकुमार साह, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्मा, सामुदायिक विकास समाजका अध्यक्ष गंगाप्रसाद यादव, वडा नं. ५ का अध्यक्ष गयानन्द सरदार, कर्मचारीहरु तारा पन्त र सन्तोष साह, शिक्षक महासंघ धनपालथानका अध्यक्ष रुद्रानन्द चौधरी, गाउँपालिकाका कर्मचारी चिरञ्जीवी वनलगायतले बोलेका थिए । मंसिर भित्र मोरङ जिल्लालाई खुुला दिसामुुक्त जिल्ला घोषणागर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर