RUMPUM
animated ellipse animated ellipse

ठगी गर्ने पेट्रोल पम्पमा शिलवन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७५, मंगलवार २०:३८
3
Shares
ओखलढुङ्गामा / चिप्स प्रयोग गरी ठगी गर्ने पेट्रोल पम्पमा शिलवन्दी गरि कारोवार बन्द गरिएके छ । आधुनिक प्रविधिको प्रयोग गरी ओखलढुङ्गामा रहेको खुश्वु फियूल सप्लायर्समाले चिप्स प्रयोग गरी पेट्रोलियम पदार्थ विक्री वितरणमा अनियमिता एवम् ठगी गर्ने गरेको हुनाले शिलवन्दी गरी कारोवार रोक्का गरिएका हो ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शम्भु झाको नेतृत्वमा खटिएको टोलीले सो फियूल सप्लायर्सको मेशिन भित्र नयाँ प्रविधि सफ्टवेयर( चिप्स)को प्रयोग गरी पेट्रोलियम पदार्थको तोकिएकोे भन्दा कम तौल गरी विक्री गरेको आरोपमा सोमवार शिलवन्दी गरिएको वताइएको छ ।

प्रमुख झाका अनुसार अनुगमनको क्रममा ओखलढुङ्गाको खश्वु फियूलमा जाँच गर्दा पेट्रोलियम पदार्थ ठगीका लागि सो चिप्स प्रयोग गरेको पाइएको जानकारी दिए ।
कृष्णराम मकाजले सञ्चालन गरे पेट्रोल पम्पमा मेशिन जाँच गर्दा प्रति पाँच लिटर डिजलमा २ सय ८० एमएल एवम् पाँच लिटर पेट्रोलमा १३५ एमएल घटी गरी विक्री वितरण गरेको पाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र उपभोक्ता मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको सो अनुगमन टोलीले ओखलढुङ्गाको तीन वटा पेट्रोल पम्प र खोटाङको एउटा पम्पको अनुगमन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर