animated ellipse animated ellipse

नेपालमा ६०८० जना कोरोना संक्रमण मुक्त हुँदा थप ४४८७ जनामा संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७८, शनिबार १६:५२
585
Shares
काठमाण्डौ /पछिल्लो २४ घण्टामा नेपालमा ६०८० जना कोरोना संक्रमण मुक्त भएका छन भने थप ४४८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

सरकारले परीक्षण घटाउँदा सङ्क्रमितको संख्या पनि उल्लेख्य रूपमा घटेको हो । मन्त्रालयका अनुसार १४ हजार ६ पिसिआर र सात सय ४६ एन्टिजेन परीक्षणमा ४४८७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस अघि दैनिक करिव २० हजारको हाराहारीका पिसिआर परीक्षण हुँदै आएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । सङ्क्रमणबाट ११६ जनाको मृत्यु भएको छ । मृतककोसंख्या ७१६३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर