RUMPUM
animated ellipse animated ellipse

बाबुराजा ओझा फेरि कांग्रेसमै फर्किए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७५, आईतवार १७:२०
3
Shares
विराटनगर / नेपाली कांग्रेस छाडेर तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेका कांग्रेस मोरङका तत्कालीन सचिव बाबुराजा ओझा फेरि कांग्रेसमै फर्किएका छन् ।

उनी २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले टिकट नपाएपछि तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेर मोरङ क्षेत्र नम्बर ६ मा संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।

पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग उनी पराजित भएका थिए । कांग्रेसले आफ्नो साख जोगाउनै नसक्ने भन्दै माओवादीमा पुगेका ओझालाई जीपी कोइराला फाउन्डेसनले आज विराटनगरमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले पार्टीमा प्रवेश गराएका हुन् ।

ओझालाई तीन कोइराला नेताहरु डा.शेखर, डा.शशांक र सुजाताले एक साथ पार्टीमा स्वागत गरेका हुन् । ओझाले २०७० सालको चुनावमा क्षेत्रबाटै सर्वसम्मत आफ्नो नाम सिफारिस गरेको अवस्थामा कांग्रेसले गुटबन्दी गरेर आफूलाई टिकट नदिएको भन्दै माओवादीमा प्रवेश गरेका थिए ।

दोस्रो संविधान सभा निर्वाचनमा जिल्ला सचिवको जिम्मेवारीमा रहेकोलाई बाइपास गरेर अर्कैलाई टिकट दिएको भन्दै ओझा माओवादीमा हिँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर