पूर्वाञ्चल खबर
८२ बर्षीय अधिकारीलाई जेष्ठ नागरिक सम्मानसहितल आज गृह नगर विराटनगरस्थित विरेन्द्रसभा गृहमा भव्य कार्यक्रम आयोजना गरि नागरिक अभिन्नदन गरिएको हो ।
पूर्वमन्त्री अधिकारी मोरङबाटै २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नेपाली कम्यूनिष्ट आन्दोलनमा १६ वर्षको उमेरदेखि लागेका अधिकारी ६० वर्षभन्दा बढी क्रियाशिल रहे । नागरिक सम्मान तथा अभिनन्दन भएका पूर्व उपप्रधानमन्त्री अधिकारीले आफ्नो राजनीति र कर्मभूमि विराटनगरमा सम्मानित हुन पाउँदा उमेरको हद बिर्सन पुगेको बताए ।


।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालको राजनीतिमा अवकाश लिने संस्कार विकास गर्ने र आफ्नो सिर्जना प्रति जिम्मेवारीपूर्वक कार्य गर्ने अधिकारीको प्रशंसा गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अधिकारी पार्टी र व्यक्तिको स्वार्थ भन्दा माथि हुनुहुन्छ भन्दै यस क्षेत्रको विकास र समृद्धमा चासो र चिन्ता मनन योग्य रहेको वताए ।
नागरिक अभिनन्दन समितिका अध्यक्ष डा. भेषप्रसाद धमलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा संघीय सांसद मुकुन्द न्यौपाने, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, जेष्ठ नागरिक रमाप्रसाद रिजाल, समितिका सचिव सुवाषश्री पोखरेल,कृष्ण पोखरेल र रमेशचन्द्र पौडेलले अभिनन्दित व्यक्तित्व अधिकारी राजनीतिक यात्रा, उहाँले गर्नु भएको योगदानको बारैमा चर्चा गरे ।
साथै प्रदेश नं १ का चार सय सामाजिक संघसस्थाहरुले संयुक्त रुपमा अधिकारीको अभिनन्दित गरका छन । विस १९९३ महोत्तरीको भ्रमणपुरामा सुव्वा रामचन्द्र र पूर्णकुमारीको कान्छो छोराको रुपमा जन्मेका अधिकारीको शिक्षा विराटनगरको आदर्श विद्यालयमा र उच्च शिक्षा भारतको वनारस हिन्दू विश्वविद्यालय र त्रिभुवन विवविद्यालय भएको थियो । सन् १९५२ देखि १६ वर्षको उमेरदेखि उनीँ राजनीतिकमा लागेका थिए ।