पूर्वाञ्चल खबर
आज विराटनगर महानगरका मेयर भीम पराजुलीलाई प्रदेश प्रमुख तुम्बाहाङ्गले आफ्नै कार्यालयमा बोलाएर विराटनगरको विकास भइरहेका गतिविधिका विषयमा जानकारी लिएका थिए ।
विराटनगर अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले मैले विराटनगरमा के हुदै छ भनेर बुझ्न खोजेको हो । भेटका क्रममा प्रदेश प्रमुख तुम्बाहाङ्गले मेयर पराजुलीलाई भने विराटनगरलाई नमुना शहर बनाउनुहोस । यसको मोडल १ नम्बर प्रदेश भरी लान सकियोस ।
मेयर पराजुलीले विराटनगर विकासको बाटोमा लम्किसकेको बताए । उनले विराटनगर महानगर भित्र भ्यू टावर,विराट राजाको दरवार ,४ सय किलोमिटर सडक पिच गर्ने काम ,बैकल्पिक मार्गको विस्तार (घोगाह पैनी र ढाट देखि रानी सम्मको नहर छेउको बाटो ) निर्माण ,बस पार्क निर्माण,स्वच्छ खानेपानीका लागि जाईका संगको सहकार्य ,खेलकुद विकासका लागि खेल मैदान र फ्रडलाइट लगाउने र अन्य जनमैत्री कार्यक्रम अगाडी बढिरहेको जानकारी गराएका थिए । विकासका गतिविधिबारे सुन्दै प्रदेश प्रमुख तुम्बाहाङ्गले प्रदेश नं १ नमुना क्षेत्र बनोस भन्ने अपेक्षा रहेको बताए ।