AArya
RUMPUM
animated ellipse animated ellipse

आरतीका मालिककले सिलगुडिसम्म लगेर कामदार कुटे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ कार्तिक २०७५, बुधबार १५:५५
3
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित आरती स्ट्रिप्स प्रा.लिका मुख्य संचालक संजय सिंघलले उद्योगमा कार्यरत कामदारमाथि निर्घात कुटपिट गरेका छन् ।

पिडित कामदार इन्द्रजित गर्गले जिप्रका मोरङमा दिएको निवेदन
उद्योगका संचालक सिंघलले उद्योगमा १७ वर्षदेखि काम गर्दै आएका कामदार इन्द्रजित गर्गलेलाई दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् । संचालक सिंघलले इन्द्रजीतलाई कुटपिट गर्दै ज्यानै मार्ने सम्मको धम्की दिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्यानको सुरक्षाको माग राख्दै कुटपिट गर्ने उद्योगका संचालक सिंघललाई कारवाहीको माग राख्दै निवेदन दर्ता गराएका छन् । ‘उद्योगको अनुगमन गर्दै कार्यालयमा आएका थिए,’ कुटपिटबाट घाइते भएका इन्द्रजितले भने,’ ‘काम गरि रहेको बेला एक्कासी मुक्का प्रहार गर्दै ममाथि कुटपिट गरे ।’

जिप्रकाले मोरङ प्रहरीलाई सुरक्षा प्रदान गर्न पठाएको पत्र
बुढीगंगा गापामा रहेको उद्योगमा पहिले कुटपिट गरेपछि भारतको सिलगुडीमा समेत रहेको कार्यालयमा बोलाएर त्यहाँ पनि कुटपिट गरेको उनको भनाई छ । कुटपिट पछि दुव्र्यहार समेत गरेको उनले बताए । ‘मलाई संचालकले संजय सिंघलले पहिले कुटपिट गरे, त्यसपछि उनले खाएको जुठो पानी मेरो मुखमा छ्यापिदिए,’ उनले भने ।

उद्योग परिसरमै रहेको क्वाटरमा बस्दै आएका उनलाई एक्कासी उद्योग प्रवेशमा निषेध गर्दै कुटपीट गरेर निकालिएपछि आफ्नो भएभरको सामाग्री समेत लिने अवसरबाट बन्चित हुनु परेको उनले गुनासो पोखे । उनका अनुसार आफु बस्दै आएको क्वाटरको कपडाहरूसमेत जलाइदिएको बताए । कामदार इन्द्रजीतलाई निर्घात कुटपिट गरि उद्योग प्रवेशमा निषेध गरिएको पीडितको गुनासो छ ।

असुरक्षीत भएको महसुस गर्दै पीडितले दिएको निवेदन दर्ता गरि जिल्ला प्रहरी कार्यालय मोरङमा उक्त निवेदन पठाएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशराज पाण्डेले बताए । प्रहरीलाई सुरक्षाको व्यवस्था मिलाउन मंगलबारनै निवेदन पठाइसकेको उनले बताए । उक्त उद्योगको मुख्य संचालक रहेका सिंघलले यस अघि पनि उद्योगमा कार्यरत कामदारमाथि बारम्बार दुव्र्यवहार तथा कुटपिट हुने गरेको घटना बाहिर आएको छ । सिंघलले कुटपीट गरि कामबाट निकालि दिने समेत गरेका थिए ।

उद्योगका मालिक सिंघद्वारा यस अगाडी पनि पाँचजना मजदुर तथा कामदारलाई कुटपीट भएको थियो । छैटौं दुव्र्यवहार सहने कामदारको रुपमा इन्द्रजीत रहेका छन् । यस अगाडी उद्योगमा कार्यरत नेपाली कामदार धिरेन लामा, बलराम काफ्ले, प्रकाश साह, हरीहर यादव र शंकरलाई सिंघलले दुव्र्यवहार गरिसकेका छन् । उद्योगी पहुँचवाला भएका कारण पीडितले प्रहरीमा उजुरी गर्न जाने आँट गर्दैनन् । बारम्बार कुटपीट तथा दुव्र्यवहार सहनु पर्ने बाध्यता रहेका मजदुर तथा कामदारले श्रम कार्यालयमा उजुरी दिने र क्षतिपूर्ती मागदावी गर्दै आएका छन् ।

आरती स्ट्रिका निर्देशक संजीव शर्माले कुटपिटका सम्बन्धमा अस्वीकार गरेका छन् । उनले कामदार माथि भएको कुटपिटको विषयमा आफुलाई केही थाहा नभएको बताए । यता कामदारमाथि कुटपिट गर्ने सिंघलसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर