पूर्व मुख्यमन्त्री शेरधन राईद्वारा सप्तकोसीको बाढी प्रभावित क्षेत्रको अवलोकन

खबर पूर्वाञ्चल, १९ श्रावण २०७९, बिहीबार २२:०२
198
Shares
विराटनगर / प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले सप्तकोसीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

पूर्व मुख्यमन्त्री राईले बिहिबार बाढी प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरेका हुन् ।                                                                                                                                     बाढी प्रभावित उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटे, धौरीटापु, श्रीलंका टापु लगायतका क्षेत्रहरुको स्थानीय प्रशासनका उपप्रमुख जिरा राईसहित पूर्व मुख्यमन्त्री राई र प्रदेश सांसद विमल कार्की लगायतको टोलीले स्थलगत अवलोकन गरेको छ ।

स्थलगत अवलोकन गर्ने क्रममा सप्तकोसीमा वर्षेनी आउँने बाढीले यस क्षेत्रमा ठुलो क्षती पुर्याउने गरेको स्थानीयले पूर्व मुख्यमन्त्री समक्ष दुखेसो पोखेका थिए । स्थानीयको गुनासो सुन्दै राईले सम्बन्धीत निकायलाई तत्काल समाधानको उपाय अपनाउन आग्रह गरेका छन् ।

तत्काल पानीलाई नियण्त्रण गर्न सबै बैकल्पिक उपाय अपनाउनुपर्ने राईले बताए । सामान्य उद्वार, राहत र सहानुभुति बाहेक स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले समन्वय गरेर ठोस कदम नचालेकोमा राईले दुख व्यक्त गरे ।

बाढीबाट करिब १५ सय परिवार प्रभावित भएको र ५ सय परिवार अझै जोखिममा रहेको बेलकाकी उपमेयर जिरा राईले बताइन् ।

बुधबार विहान सप्तकोसीले धार परिवर्तन गरी उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेमा पर्ने लाहुरखोँचबाट बाँध भत्काएर बस्ती पसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५