AArya
RUMPUM
animated ellipse animated ellipse

स्थानीय र प्रदेश सरकार वलियो भएमा मात्र संघीयता सफल हुन्छ : नेतृ डा.संग्रौला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ कार्तिक २०७५, सोमबार १३:०९
3
Shares
विराटनगर / संघीय सांसद एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिलादेवी संग्रौलाले प्रदेशको जनताको विकास र समृद्धका लागि प्रदेश सरकारले प्रतिपक्षसंग सहकार्य गरी वहसको अभियान सञ्चालन गर्नु पर्ने वताइन् ।

नेपाल प्रेस यूनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै साँसद डा. संग्रौलाले कृषिको विकास, उद्योगको विस्तार, पर्यटन क्षेत्रको भौतिकपूर्वधार निर्माणवाट नै यस क्षेत्रका जनताको आर्थिक समृद्ध कायम हुने बताइन् ।

नेतृ डा.संग्रौलाले स्थानीय र प्रदेश सरकार वलियो भएमा मात्र संघीयता सफल हुने छ भन्दै संघीय सरकारले प्रदेश सरकार र स्थानीयलाई वजेटको समुचित व्यवस्था गर्नु पर्नेमा जोड दिइन् । उनको नेतृत्वमा जनताको समृद्धि चाहनाबारे प्रदेश १ भरि अध्ययन गरी सुझाव संकलन गरिएको छ ।

चौध जिल्लाका स्थानीय नागरिकसँग पुगेर संग्रौलासहित काँग्रेस प्रतिनिधि मण्डलले विकासमा जनताको चाहनाबारे अध्ययन गरिएको हो । त्यसको प्रतिवेदन तथा प्रदेशको समग्र विकासका लागि अवधारणा पत्र संग्रौलाले सोमबार विराटनगरमा सार्वजनिक गरेकी छन् । नेतृ संग्रौलाले प्रदेशका चौधवटै जिल्लाबाट प्राप्त सुझाव तथा अध्ययनको निश्कर्षबारे जानकारी दिइन ।

भनिन्,‘यो प्रतिवेदन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्दै जनताको चाहना बताउने छु । साथै नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा पनि पेश गर्नेछु ।’ संग्रौलाले बहुसंख्यक जनता विकासको पछौटेपनबाट विरक्तिएको र प्रदेश विकासको पक्षमा रहेको सुनाइन ।

अध्ययनका क्रममा प्रदेशमा व्याप्त गरिबी तथा बेरोजगारीका कारण युवा विदेश पलायन दर बढेको, विकट भौगोलिक क्षेत्रमा अझै शिक्षा र स्वास्थ्य सेवाको पहँुच नपुगेको, सहरी क्षेत्र, गाउँ र पहाड अनि हिमाली भगमा जनताबीच आर्थिक असमानता पाइएको, शिशु मृत्युदर अपेक्षित घटाउन नसकिएको, खाना पकाउन दाउराको प्रयोग दर न्यून नभएको लगायत जनस्तरमा समस्या भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश विकासमा सघाउ पु¥याउन अध्ययन गरिएको बताउँदै संग्रौलाले संघीय र प्रदेश सांसदहरुसमतको सहभागितामा नीति निर्माणका लागि समूहगत रुपमा समिति निर्माण गर्ने, सांसदहरुको भेला गरी प्राकृतिक साधन स्रोत तथा विकासमा जनसहभागिता गराउन अवधारणा तयार गर्ने, सबै पार्टीसँग यस विषयमा छलफल गर्ने तयारी गरहको सांसद संग्रौलाले जानकारी दिइन । ‘देखेका समस्या काँग्रेससँग मात्र छलफल गर्ने तयारी होइन,’ संग्रौलाले भनिन्,‘प्रदेश सरकार र संघीय सरकारलाई समेत यस विषयमा सुझाव दिइने छ ।’ उनले दलहरुले चाहना गर्ने हो भने प्रदेश १ द्रूत गतिमा विकासतर्फ अग्रसर हुन सक्ने र जनतासमेत त्यसमा आशावादी रहेको अध्ययनका क्रममा भेटिइको बताइन ।

प्रदेश तथा संघीय सरकारले समेत जनताका आकांक्ष सम्बोधन गर्न अझ प्रभावकारी ढंगले अग्रसर हुनुपर्ने, दण्डहीनताको अन्त्य गरिनु पर्ने, सामाजिक अपराधमा न्यूनीकरण गर्न जरुरी रहेको समेत जनस्तरबाट आवाज आएको संग्रौलाले जानकारी दिइन । गत असोजभर चौध जिल्लामा नेतृ संग्रौलाको नेतृत्वमा अध्ययन भएको थियो । यस क्रममा विभिनन जिल्लाका स्थानीयबासी, संघसंस्था, पार्टी नेतृत्व र सरोकारवालासँग छलफल चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर