AArya
RUMPUM
animated ellipse animated ellipse

स्टार सहकारीको बार्षिकोत्सवमा ७ जना विद्यार्थीलाई छात्रवृति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०७५, शनिबार १८:५८
3
Shares
विराटनगर / विभिन्न कार्यक्रमका साथ स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरले आफ्नो २१ औं बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ ।

सो अवशरमा समाजसेवी दिनबन्धु गोयलले एसईई. परिक्षा उतिर्ण बिभिन्न सामुदायिक विद्यालयका ११ जना छात्र छात्रालाई जनही ७ हजार सहयोग रकम हस्तान्तरण गरे । गोयल र संस्थाद्धारा स्थापित स्व. ओमप्रकाश स्टार सहकारी छात्रवृति कोषवाट सो रकम हस्तान्तरण गरिएको हो । यसरी छात्रवृति पाउनेहरुमा दिक्षा खतिवडा, अंजलीकुमारी साह, प्रदिप मरिक, भीमप्रसाद सिटौला, मनिषाकुमारी रिषिदेव, रीनाकुमारी तत्मा, सन्जनाकुमारी राजवंशी रहेका छन । त्यसैगरी राधादेवी ढकाल, जुवा सोरेन, अस्मीता मण्डल र सुस्माकुमारी मोची समेत रहेका छन् ।

संस्थाको बार्षिक साधारणसभाको अवसरमा हरेक बर्ष सो छात्रवृति वितरण गरिदै आईएको छ । छात्रवृतिका लागि ७ लाखको अक्षयकोष निर्माण गरिएको संस्थाका सचिव डिल्ली पोखरेलले वताए ।

छात्रवृति वितरण गर्दै कोषका संरक्षक एवम समाजसेवी गोयलले गरिव तथा जेहेनदार बिद्यार्थीहरुको उच्च शिक्षामा सहयोग पुर्याउने उद्देश्यले कोषको स्थापना गरिएको बताए । क्षमता भएर पनि आर्थिक अभावकै कारण उच्च शिक्षा अध्ययन गर्नवाट कोही नछुटोस भन्ने तर्फ राज्य र समाजको ध्यान जानु पर्ने कुरा उंनले बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सहकारी संघका उपाध्यक्ष मुक्तीनाथ बरालले सहकारीको सहयोग लिएर राज्यले आर्थिक क्रान्ति गर्ने बताए । उनले आर्थिक सम्बृद्धि र राजनीतिक स्थिरताका लागि सहकारी पद्धतीलाई सबैले अवलम्वन गर्नु आवश्यक छ भने ।

संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रमेशप्रसाद पोखरेलले संस्थाले आ.व. ०७४/०७५ मा १ अरव ७८ करोड ९९ लाख कुल कारोवार गरेको बताए । प्रतिवेदन अनुसार संस्थाले यस आ.व. मा ५ करोड ९ लाख २३ हजार कुल आम्दानी गरेको र २० लाख ५५ हजार नेपाल सरकारलाई राजस्व बुझाएको छ । ३ करोड ५१ लाख शेयर पुँजी रहेको संस्था मोरङ्ग जिल्लाकै सबै भन्दा ठूलो संस्था हो ।

साधारणसभाको उद्घाटन सत्रमा प्रदेश सभाका सदस्य बसन्तीदेबी यादव, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष विजयकुमार माझि, सचिव विरेन्द्र यादवलगायतले बालेका थिए । कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ठ हुने सदस्यहरुलाई सम्मानित एवम पुरस्कृत समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर