RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ लाई भ्रष्टाचार मुक्त, सुशासन युक्त वनाउँनु सवैको सहयोग आवश्यक – मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ आश्विन २०७५, शुक्रबार १९:३७
3
Shares
फाइल तस्वीर
इटहरी / प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यस वर्ष ६ खर्च गर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वताए ।

मुख्यमन्त्री राइले प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको उद्घाटन गर्दै सो कुरा वताएका हुन् ।

प्रदेश सरकारले आफ्नो वजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माण कार्यमा खर्च गर्ने जानकारी दिदै मुख्यमन्त्री राईले फराकिलो र गुणस्तर सडक , मोटरेवल र झोलुङगे पुल निर्माण गरी जनताको सेवा सुविधामा ध्यान दिनु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले प्रदेशलाई भ्रष्टाचार मुक्त, सुशासन युक्त वनाउनु सवैको सहयोग आवश्यक रहेको वताउँदै प्रदेश सरकारको वजेट र निती तथा कार्यक्रम अनुसार निर्देशनालयले जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिए ।

प्रदेशको नाम र स्थायी राजधानी सडनको छलफलवाट नटुङगिने वताउँदै मुख्यमन्त्री राईले सवै राजनैतिक दलको सहमतीमा संविधानको मर्म अनुसार प्रदेश सभावाट आगामी हिउँदे अधिवेशनवाट निर्धारण हुने बताए । उनले प्रदेश सरकार नाम र राजधानीका घोषणा गर्न सहजकर्ताको भूमिका मात्र निभाएको वताउँदै आफूले यही वर्खे अधिवेशनको असोज २६ गते घोषणा गर्ने सोचलाई सवै दल र प्रदेश सभाका सदस्यहरुको अनुरोधमा आगामी अधिवेशनमा नामाकरण र स्थानको घोषणा गर्ने वताए ।

नव स्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक, मोटरेवल पृुल र झोलुङगे पुल निर्माणका लागि योजना स्विकृत, वजेट निकासा,अनुगमन, निरीक्षण र नियमन आदि गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर