AArya
RUMPUM
animated ellipse animated ellipse

साविक विजेता धरान उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०७५, बुधबार १९:३८
27
Shares
विराटनगर/ प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सुनसरीको धरान भेट्रान क्लब विजयी हुँदै उपाधि नजिक प्रवेश गरेको छ ।
विराटनगरको सहिद रंगशालामा भएको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा धरानले दमकको पूर्वाञ्चल भेट्रानलाई १–० को गोल अन्तरले पन्छाउँदै उपाधि नजिक पुगेको हो ।

धरानका दुई जना राम्रा खेलाडी खेल सकिन १० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेको थिए । खेलाडीद्वयको अभावमा धरानले पूरै रक्षात्मक खेल प्रदर्शन गरेको थियो । धरान रक्षात्मक खेले पनि पूर्वाञ्चलले गोलका खासै अवसर बनाउन सकेन । दुवै टोलीले पोष्ट प्रहार खासै गर्न सकेनन् ।

खेलको २७ औं मिनेटमा पूर्वाञ्चलका लक्ष्मीप्रसाद लिम्बूले सानो बक्सभित्र मिलाइ दिएको पासमा ताराबहादुर लिम्बूले गरेको प्रहार पोल नजिकैबाट बाहिरियो । ५० औं मिनेटमा पूर्वाञ्चलका विनोद गुरुङको प्रहार दायाँबार हुँदै बाहिर गयो । लगत्तै धरानका पारस चौधरीले दिएको पासमा सुरजकुमार श्रेष्ठले गरेको प्रहार पोल माथिबाट बाहिरियो । ५४ औं मिनेटमा धरानका राकेश राईले गरेको गोल नै निर्णायक बन्यो । उनले २५ यार्डमा पाएको पासमा गरेको भली प्रहारमा गोलरक्षकले बचाउको कुनै अवसर नै पाएनन् । ६५ औं मिनेटमा धरानका सरजकुमार थापाले डिबक्सको आगाडिको लाइनबाट गरेको प्रहारलाई गोलरक्षकले डाइफ गर्दै उत्कृष्ट बचाउ गरे । लगत्तै पुन ः सरजकुमार थापाले गरेको प्रहार पोलको माथि लाग्दै गोल हुन सकेन । ७० औं मिनेटमा पूर्वाञ्चलका विमल गुरुङले गरेको उत्कृष्ट फ्रि किक प्रहारलाई गोलरक्षकले पन्च गर्दै गोल संकट टारे ।

खेलको म्यान अफ द म्याच धरानका प्रेम घिमिरे घोषित भए । बिहीबारको अन्तिम सेमिफाइनल खेल झापाका काँकडभिट्टा र विर्तामोड भेट्रान क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर