AArya
RUMPUM
animated ellipse animated ellipse

कतैबाट सहयाेग नहुँदा निर्मलाकाे बलात्कारी पहिचान गर्न सकिएन’ प्रधानमन्त्रीको दुखेसो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०७५, मंगलवार ०८:०८
3
Shares
फाइल तस्वीर
काठमाडौं / राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’

राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए। प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं।’ राजपाको माग दसैंसम्म पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्न नपाउँदै अध्यक्ष ठाकुरले ‘तपार्इंलाई छठसम्म समय भयो’ भन्दै आपसमा छक्याउने र झुक्याउने काम नगर्न आग्रह गरेको स्रोतले जानकारी दियो।

प्रधानमन्त्री ओलीले तत्कालै भने, ‘मधेसको माग पूरा गर्ने काम यथाशीघ्र अघि बढाउन सकिनँ। परिस्थितिले मलाई साथ दिएन। अब म यो काम गरेरै छाड्नेछु।’ नेपाल र नेपालीको काममा किन कसैले सहयोग गर्दैन आफू आश्चर्यमा परेको भन्दै उनले आगामी दिनमा फेरि तीनबुँंदे कार्यान्वयन नभएको गुनासो तपाईंहरूबाट आउनदिने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टी एकतापछिका समस्याले पनि आफूले काम गर्ने पर्याप्त समय नपाउँदा तिहारसम्म संविधान संशोधन गरिसक्ने उनले बताए। अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा यो समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर