पूर्वाञ्चल खबर
खेलको १६ औं मिनेटमा आयोजकका कप्तान कोइरालाले गोल गरे । निराजन बस्नेतले गरेको प्रहारलाई गोलरक्षकले क्लियर गर्न खोज्दा बल गोललाइनतर्पm जाँदै गरेको बललाई कोइरालले फिनिसिङ टच गरेका थिए । त्यसको लगत्तै धरानले १८ औं मिनेटमा डि–बक्सभित्र पाएको बललाई सदुपयोग गरी गोल गर्दै बराबरी पारे । २४ औं मिनेटमा धरानका सतिश केसीले कर्नर नजिकबाट गरेको क्रसपासमा प्रेम घिमिरेले गरेको प्रहार पोलमाथि लाग्दै बाहिरियो । २७ औं मिनेटमा धरानका सतिशले पुन ः गोल गर्दै अग्रता दिलाए । उनले मिलन श्रेष्ठले मिलाइ दिएको पासमा गोल गरे । धरानका राकेश राईले ३३ औं मिनेटमा बक्सभित्रबाट गरेको कडा प्रहारलाई गोलरक्षकले विफल पारे ।
६९ औं मिनेटमा धरानका राकेश राईले गोलरक्षक अघि बढेको मौकामा गोल गरे । लगत्तै आयोजकाका विजय भूजेलले गरेको फ्रिकिक पोलमा लागेको थियो ।
खेलको म्यान अफ द म्याच धरानका सतिश कोसी घोषित भए । मंगलबारको खेल झापाको काँकरभिट्टा र मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लबबीच हुनेछ ।