RUMPUM
animated ellipse animated ellipse

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०७५, सोमबार १८:११
3
Shares
विराटनगर /लायन्स क्लब अफ विराटनगर गुराँस र लायन्स क्लब अफ विराटनगर गोग्राहले झापा र मोरङको सामुदायिक स्कूलका विद्यार्थीहरुलाई स्टेशनरी र खेलकुदको सामाग्रीहरु वितरण गरेको छ ।

क्बलले मोरङको अमदरहमा रहेको फुलमावि प्रावि र झापाको शिवसतासीधाममा रहेको सामाजिक प्रावि स्कूलमा स्टेशनी र खेलकुदको सामाग्री वितरण गरेको हो ।

दुई वटा सामुदायिक स्कूलका विद्यार्थीहरूलाई स्कूल ब्याग, स्टेशनरीको विभिन्न समाग्री र खेलकुदको समाग्रीहरू स्कूललाई वितरण गरिएको लायन्स क्लब ३२५ एवान स्कूल मेटरीयल स्टुवेसन चियरपर्सन तेजलाल कर्णले जानकारी दिए । विद्यार्थीहरुलाई १ नम्बर प्रदेशका प्रदेश सदस्य झलक दर्लामी, सुनवर्सी नगरपालिको उपमेयर मिना राई, लायन्स क्लब ३२५ एवान स्कूल मेटरीयल स्टुवेसन चियरपर्सन कर्ण, लायन्स क्बलको एरिया कोटिनेटर ओमप्रकाश प्रसाई, जोन चियरपर्सन उदय नारायण बरालले स्कूल ब्याग, स्टेशनरीको र खेलकुदको सामाग्रीहरू वितरण गरेका थिए ।

झापाको लागि कार्यक्रम संयोजक लायन्स क्लब अफ गोग्राहको अध्यक्ष चन्द्रमणि गुरागाई र मोरङको लागि लायन्स क्लब अफ गुराँसको अध्यक्ष गंगाबहादुर अधिकारी कार्यक्रमको संयोजको भुमिका निभार्ह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर