खबर पूर्वाञ्चल
कात्तिक २४ गते लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितबाट मोरङ पथरी शनिश्चरे नगरपालिका ८ केर्खा टोल का २१ बर्षीय बिक्रम क्षेत्रीको साथबाट लागुऔषध ब्राउन सुगर १० ग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।
यसै गरी इलाका प्रहरी कार्यालय ईटहरी, सुनसरीको टोलीले गोप्य सुचनाको आधारमा इटहरी उपमहानगरपालिका ४ मनकामना टोल का २९ वर्षिय विवेक चौधरीलाई लागुऔषध ब्राउन सुगर २ ग्राम ८९० मिलिग्राम सहित पक्राउ गरेको छ ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनीहरुकोको सम्बन्धमा थप अनुसन्धान कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।