AArya
RUMPUM
animated ellipse animated ellipse

६ महिनामै १ करोडभन्दा बढी कमाए सन्दीपले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ आश्विन २०७५, शनिबार ०७:५२
3
Shares
फाइल तस्वीर
अन्तराष्ट्रिय स्तरमै चम्किएका सन्दीप लामिछानेले विभिन्न देशमा लिग खेलेरै भण्डै ६ महिनामा १ करोडभन्दा बढीको आम्दानी गरेका छन् ।

आईपीएलमा दिल्लीबाट खेल्दा १ महिनामै नेपाली ३२ लाख रुपैयाँ कमाएका सन्दीपले त्सपछि वेस्ट इण्डिजमा भएको क्यारवियन प्रिमियर लिगबाट ५ लाख ७५ हजार नेपाली रुपैयाँ कमाए । तर आधा गेममात्र खेलेर फर्केको कारण आधा रकमा मात्र पाएको उनी निकट ब्यक्तिहरुको भनाई छ ।

यस्तै क्यानेडियन प्रिमियर लिगमा उनी ४६ लाख ४० हजार नेपाली रुपैयाँमा आबद्ध भएका थिए । अब छिट्टै हुन लागेके अफगान प्रिमियर लिगमा उनी १७ लाख ४० हजार रुपैयाँमा आबद्ध हुदैँछन् । यो सबै जोड्दा उनको कमाई १ करोडभन्दा माथि पुग्छ । उनले पाएको सम्मान, पुरस्कार, बिज्ञापन र राष्ट्रिय टोलीबाट पाउने तलब सुविधा यसमा जोडिएको छैन ।

नेपालमा उनी जेभियर इंटरनेशनल कलेज, सानिमा बैंकसँगै दुई तीनओटा अरु कम्पनीको ब्राण्ड एम्बेस्डर समेत छन् । सानिमाले २ बर्षको लागि ९ लाख ६० हजार रुपैयाँमा सम्झौता गरेको छ । राष्ट्रिय टिमबाट मासिक ३५ हजार तलब पाउने उनलाई टाटा मोटरले २५ लाखको गाडी पुरस्कार दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर