RUMPUM
animated ellipse animated ellipse

विराटनगरका सरकारी स्कूललाई डसविन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० भाद्र २०७५, शनिबार १६:५३
3
Shares
विराटनगर / विराटनगर महानगरभित्रका ७५ वटा सामुदायीक विद्यालयहरुलाई फोहर संकलनका लागि डसविन प्रदान गरिएको छ ।

आज विराटनगरमा आयोजीत नेपाल स्वच्छ वातावरण महाअभियान तथा विश्व सरसफाई दिवसको सप्ताहव्यापी समापन कार्यक्रमका अवसरमा डसविन वितरण गरिएको हो । संस्कृत पाठशाला ,मदर्सा तथा सामुदायीक विद्यालयलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रति विद्यालय २ थान डसविन प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरे ।

उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय र विराटनगर महानगरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मेयर पराजुलीले सफा र सुन्दर विराटनगरको परिकल्पना आफ्नै कार्यकालमा पुरा गर्ने बताए । उनले महानगरको सरसफाई अभियानमा सवैले सचेत बन्नु पर्ने बताए ।

कार्यक्रममा प्रदेश नं १ उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गाना,नगर शिक्षा अधिकारी रुद्र दुलाल,संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्के,महानगर बातावरण शाखा प्रमुख अनिता कोइरालालगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर