पूर्वाञ्चल खबर
प्रहरीले महानगरपालिका वडा नं. १५ स्थित भन्सार कार्यलय रानी मोरङको कवड हलमा लागु औषध दुब्र्यसन, ओसारपसार खरीद बिक्री जस्ता अपराधबाट युवा जमातलाई जोगाउने अभिप्रायका साथ सरोकारवाला पक्षहरूसँग समन्वय गर्दै सचेतना कार्यक्रमको आयोजना गरेको थियो ।
मोरङ जिल्लाको सिमावर्ती क्षेत्र रानी हुँदै भारत तर्फको जोगवनी बजारमा गई लागु औषध दुब्र्सन गर्ने उल्लेख्य संख्यामा रहेका लागु औषध दुब्र्यसनीहरूलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी रमेश केसी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसी, स्थानिय जनप्रतिनिधी, औषधी ब्यवस्था विभाग, कोशी अञ्चल अस्पताल, औषधी ब्यवसायी संघ, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, पत्रकार, शिक्षक, बिद्यार्थी लगायतको उपस्थीतिमा सुरु भएको कार्यक्रम ९० दिन सम्म निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।