पूर्वाञ्चल खबर
२७ मंसिर,विराटनगर/ विराटनगर–१४ मा रहेको हिमालय दर्शन कलेजले कम्प्यूटर सम्वन्धी एक दिने तालिम आयोजना गरेको छ ।
आज आयोजना गरेको तालिममा विएसी सिएसआईटीमा अध्यनरत विद्याथीहरु सहभागि थिए । विद्याथीलाई हाउ टु राइट कम्प्यूटर कार्यक्रम विषयमा तालिम दिइएको क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । तालिमको सहजिकरण इन्टीग्रेड आइसिटी प्रालि काठमान्डौंका अध्यक्ष सन्तबहादुर बस्नेतले गरेका थिए ।