RUMPUM
animated ellipse animated ellipse

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पदीय आशक्तिले गठबन्धन टुट्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ पुष २०७९, बिहीबार १५:०७
432
Shares
विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको कमजोरी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को पदीय आशक्तिले गठबन्धन टुट्न पुगेको बताएका छन् ।

विराटनगरमा आज कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् । अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत उनले बताए ।

‘कांग्रेसभित्रको केही कमी कमजोरी हो, सँगसँगै प्रचण्डजीको आसक्ति पनि हो’ डा. कोइरालाले भने,‘ गठबन्धनलाई लामोसम्म लैजान हामीले सोचेका थियौं तर त्यो हुनसकेन, दुर्भाग्य भयो ।’

प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्नुपर्ने डा. कोइरालाले बताए । ‘देशलाई आर्थिक सामाजिक र राजनीतिक हिसाबले स्थिरता देओस’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर