animated ellipse animated ellipse

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, एमाले पनि सरकारमा सहभागी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ आश्विन २०८०, आईतवार १७:००
369
Shares
विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आज पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

मुख्यमन्त्री कार्कीले आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त गरेका हन् । नियुक्त भएका दुवै जना मन्त्रीहरुले आज प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका छन् ।

राई र मगर दुवै जना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हन् । उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ । एमालेले आफ्ना दुई जनालाई शपथ गराउन दबाब दिएको थियो । मुख्यमन्त्री कार्कीले कांग्रेसका पनि दुई जनाको शपथ गराउने तयारी गरेका थिए ।

एमाले र मुख्यमन्त्रीबीच कुरा नमिलेपछि आज दुई जना मन्त्रीको मात्रै सपथ भएको हो । कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हन् । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर