AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय ब्युटी पेजेण्ट २०१८ को उपाधि सुजातालाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० भाद्र २०७५, आईतवार २०:१४
3
Shares
काठमाडौं / ‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजाता देउजाले जितेकी छिन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हिमालय प्याजेण्टद्वारा आयोजित ‘‘हिमालय ब्युटी पेजेण्ट २०१८’ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा अन्जना ज्योति फस्ट रनर अप, विमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए ।

प्रतिस्पर्धि यूवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक सस्थाको अध्यक्ष अप्सना राइले बताइन् ।

हिमालय ब्युटी पेजेण्ट २०१८ को निर्णायकमा वरिष्ट गायक आनन्द कार्की, संचारकर्मी सुर्य चन्द, चर्चित अभिनेता प्रदीप खड्का, संचारकर्मी राजेन्द्र लुइटेल,सौन्दर्य व्यवसायी टेकराज पाण्डे, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति, सर्व प्रतिक श्रेष्ठ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर