पूर्वाञ्चल खबर
विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट सशस्त्र प्रहरी वल हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङ विराटनगरको गस्ती टोलीले गय राति ८ बजे पक्राउ गरेको हो । सशस्त्र प्रहरी वलका डीएसपी सुरेन्द्रराज रन्जितका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी पञ्चायत १५ का ४० वर्षीय बलराम सिंह रहेका छन् ।
चाँदीका गरगहना तस्करी गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका रन्जितका साथबाट चाँदीका २० वटा औंठी, ८२ वटा हातमा लगाउने पञ्जा, १५ जोडी पाउजु, ६० वटा सिक्री, पुरुषले लगाउने ५५ वटा ब्रासलेट र महिलाले लगाउने ४५ वटा ब्रासलेट बरामद भएको डीएसपी रन्जितले बताए । उनका अनुसार शरीरमा फिट गरेर चाँदीका गरगहना ल्याउँदै गर्दा पक्राउ परेका भारतीय नागरिक र उनका साथबाट बरामद भएको चाँदी आवश्यक कारवाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।