पूर्वाञ्चल खबर
प्रदेश १ का १४ वटै जिल्लाका सिडिओहरूले प्रादेशिक सरकारले दिएको विदा अवज्ञा गर्दै कार्यालय खोलेका हुन् ।
आफूहरू केन्द्रको मातहत रहेको र संघीय सरकारले बिदाको स्वीकृति नदिएकाले कार्यालय खोलेको सिडिओहरूले जनाएका छन्। प्रदेश सरकारको निर्णय उल्लंघन नगरेको दाबी गर्दै उनीहरूले त्यसलाई ‘बाध्यात्मक’ भनेका छन्।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रादेशिक सरकारले दिएको बिदा उल्लंघन गरेकोमा सिडिओहरूमाथि आक्रोश पोखे । ‘संवैधानिक तथा कानुनी हैसियतप्राप्त सरकारले दिएको बिदा उल्लंघन भएको छ, यो प्रदेशमा बसेर म केन्द्रको निर्णय मान्छु, यहाँको निर्णय मान्दिनँ भन्नु आपत्तिजनक छ ।
मन्त्री कार्कीले सिडिओहरूलाई बिदाको निर्णय कार्यान्वयन गरिदिन अनुरोध गरेका थिए। सिडिओहरूको निर्णयसँगै प्रदेश सरकारको संवैधानिक कानुनी अधिकारमा चोट पुगेको उनले दाबी गरे।