AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीमा चार जना जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०७५, शनिबार ११:४८
3
Shares
उर्लाबारी / ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उर्लाबारी नगरपालिका ३ मा रहेको प्रेमकुमार राईको घरबाट चार जना जुवाडे पक्राउ गरेको छ । जुवाको खालबाट १ लाख १५ हजार ४ सय ३५ रुपैया र पाँच बुङ तास सहित उनीहरुलाई पक्राउ गरेको हो।

उर्लाबारी नगरपालिका ३ का ४० वर्षिय दिनेश थापा, सोही स्थान बस्ने २८ वर्षिय नैन राई, २७ वर्षिय विशाल तुम्रुक लिम्बु र उर्लाबारी नगरपालिका २ का ३७ वर्षिय जितबहादुर पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

राईको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार दिउँसो ३ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर