पूर्वाञ्चल खबर
इटहरी – २ बस्ने ३१ वर्षिय सुरजकुमार नेपालले विराटनगर ९ मा रहेको अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा गएर सक्कली सुन निलेर नक्कली दिन खोज्दा पक्राउ परेका हुन् ।
नेपालले पसलमा गएर सुनको सिक्रि देखाउन लगाई ऐना हेरी गलामा लगाउने निहु पारेर सिक्रि निलेका थिए । सक्की सुन निलेपछि उनको पाईन्टको गोजीमा भएको नक्कली सुन निकालेर पसलका सञ्चालक राठीलाई फिर्ता गरेका थिए । सिक्रि मन नपरेको बताउँदै सिक्रि फिर्ता गरेपछी पसलका सञ्चालक राठीलाई शंकालागेपछि तत्काल प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरबाट खटिएको टोलीले सिक्री चोर्ने नेपाललाई तत्काल नियन्त्रणको थियो ।
प्रहरीको नियन्त्रणमा रहेका नेपालको शरिर खानतलासी गर्ने क्रममा सिक्रि फेला नपरेपछी निलेको हुनसक्ने अनुमान गर्दै विराटनगरको विराट अस्पतालमा लगेर भिडियो एक्सरे गरेको थियो ।
‘एक्सरे रिपोर्टमा नेपालको पेट भित्र सिक्रि जस्तो देखिने धातु देखिएको छ,’ मोरङका डिएसपी घनश्याम श्रेष्ठले भने, ‘ दिउँसोसम्म सिक्री फेला परेको भने छैन ।’नेपालले निलेको सुन एक तोलाको रहेको प्रहरीले जनाएको छ ।