पूर्वाञ्चल खबर
एक्वा निकी गंगा र एक्वा हिरोका नाममा पानी बिक्री गर्दै आएको गोमा रानी उद्योगले खाद्य अनुज्ञापत्र लिएको थिएन भने पूजाले तीनबर्षयता खाद्य अनुज्ञापत्र नविकरण पनि गरेको थिएन । पूजा फोहोर दुर्गन्धित अवस्थामा सञ्चालित थियो । मन्त्रालयको अनुगमन समितिले सिलबन्दी गरेका दुई उद्योग सहित चारवटा पानी उद्योगलाई जरिवाना गरेको छ ।
विक्री वितरण पारदर्शी नबनाएको शुभजल उद्योग बुढीगंगा १ गंगा चोक, श्रीजल उत्पादन गर्दै आएको तिरुपती जलल उद्योगलाई पाच÷पाच हजार जरिवाना गरिएको छ । सिलबन्दी गरिएको पूजालाई ५ हजार जरिवाना गरिएको छ भने गोमा रानीलाई दुई हजार जरिवाना गरिएको छ । सबै अनुगमन गरिएका उद्योगलाई आन्तरिक राजस्व कार्यालयले कार्यालयमा हाजिरी हुन निर्देशन पनि दिएको छ ।
अनुगमनको क्रममा मोरङको बुढीगंगा गाउँपालिका– १ गंगाचौकमा रहेको शुभजल उद्योग र विराटनगर– २ तिनपैनी चौकमा रहेको त्रीपति उद्योगले उत्पादन गरेको श्रीजलले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तोकिएको मापदण्ड पुरा नगरेकोले चाँडै मापदण्ड पुरा गर्न निर्देशन दिएको सामाजिक विकास मन्त्रालयको उपसचिब गोपीप्रसाद घिमिरेले जानकारी दिए ।
आन्तररिक राजस्व कार्यालय विराटनरको समेत टोली रहेको अनुगमनमा चार वटै उद्योगले बिलिङ्ग नगरेको, हिसाब राख्ने खाता नदेखिएको, राजस्व कार्यालयले दिएको ‘करकट्टी’ पष्ट रुपमा उद्योगले नराखेको पाइएपछि अनदस्पोट कारवाही गरेको छ । कर कानुनको पुर्ण रुपमा पालना नगरेकोले तिरुपति जल उद्योग, पुजा जल उद्योग, शुभजल र गोमारानी पानी उद्योगलाई जनही ५ हजार र शुभजल उद्योगलाई दुई हजार रुपेयाँ जरिवना तिराएको आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत माधपप्रसाद दाहालले जानकारी दिए ।