पूर्वाञ्चल खबर
कञ्चनवारी पश्चिम नोवेल हस्पिटल जाने सडकमा शुक्रवार हाट लाग्दै आएको थियो । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आजदेखि शुरु गरिएको छ । व्यवस्थित वजारका लागि सडको छेउमा रहेको झण्डै १ विगाहा जमिनलाई तीन लेनमा विभाजन गर्ने र प्रत्येक व्यापारीलाई २ मिटरको जग्गाको दरले चिन्ह लाएर प्रदान गर्ने वार्ड नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए ।
सडकमा अबरोध पुग्ने गरी अव कसैले पनि हटिया लाउन पाउने छैनन् । सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षहरुलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् । प्रत्येक वार्डका विभिन्न स्थानमा लाग्ने हटियाहरु सडकमै लाग्ने गरेका थिए । अव भने सडक भन्दा बाहिरको खालि भाग या उपयुक्त स्थानमा हटिया लाउने अभियानमा वडाध्यक्षहरु जुटेका छन् ।