AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरपालिकाले एक वर्षको प्रगति सार्वजनिक ग¥यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० असार २०७५, शनिबार १७:१७
3
Shares
पत्रकार सम्मेलनमा बोल्दै माहानगरका प्रमुख पराज्ली । तस्वीर पुष्पराज थपलिया
विराटनगर/जनप्रतिनिधी आएको एक वर्ष पुरा भएपछि विराटनगर महानगरपालिकाले गरेको कामको प्रगति सार्वजनिक गरेको छ ।

महानगरपाकिालले आज विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । महानगरका प्रमुख भीम पराजुलीले ३७ लाखको लागतमा वीरेन्द्र भागृह मर्मत र महानगरपालिकाको सभा हल निर्माण कार्य सम्पन्न गरेको जानकारी दिए । त्यस्तै सभागृह छेउमा रहेको इको पार्कको निर्माण कार्य सम्पन्न भई आगामी केही दिनभित्र उद्घाटन गरिने वताए ।

महानगरपालिकाले छोरी वचाउन अभियान अन्तर्गत आमालाई तीन हजार प्रदान गरिरहेकोमा अव “छोरी पढाउ” अन्तर्गत छोरीलाई उच्च शिक्षा प्राप्त होस भनी एक मुष्ट रकमको अक्षय कोष स्थापना गरिने भएको छ ।

एक वर्षको निर्माण सम्वन्धि जानकारी दिने क्रममा पराजुलीले महानगर वडा नं. ५ मा उचित व्यवस्थापन सहित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, वडा नं. १९ र १५ मा १५ शैयाको स्वास्थ्य संस्था संचालनमा ल्याउने तयारी गरेको छ । यस्तै मझौला सहरी एकिकृत शहरी वातावरणी सुधार परियोजना अन्तर्गत ३४ दशमलव ६४ किलोमिटर ठूला नाला (शत प्रतिशत), सडक छेउको नाला ३५ दशमलव ७२ किलोमिटर (९९ दशमत ०९ प्रतिशत), ढल ४३ दशमलव ६४ किलोमिटर (९९ दशमत ९३ प्रतिशत) निर्माण कार्य सम्पन्न भएको छ ।

विराटनगर भएर वग्ने फोहर पानीको नाला अन्तर्गत फोहर पानी शुद्ध गरी सिंघिया खोलामा खसाउने फोहर पानी प्रशोधन केन्द्रको ९१ दशमलव १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

महानगरपालिकाले डेंगु र मेलिरिया जस्ता रोगवाट नगरवासीलाई वचाउनको लागि महानगसरपालिका भित्र मच्छर मार्ने औषधि र स्प्रे छर्ने गरेको छ । महानगरको सुन्दरताका लागि शहीद मार्गवाट शास्त्रीमार्ग हुँदै घेघाहापैनी (शनिहाट) सिंगियासम्म वहुउद्देश्य पार्क निर्माण कार्य प्रारम्भ गरेको छ भने एतिहासिक विराट राजा दरवार क्षेत्रका लागि डिपिआर तथा निर्माण कार्य लागि संयोजकको चयन समेत गरेको छ ।

सामुदायिक विद्यालयहरुलाई स्तरोनतिको लागि नगरक्षेत्रका पाँच वटा विद्यालयको आवश्यक सहयोग प्रदान गरिएको छ ।

महानगरपालिकाले नेपाल पत्रकार महासंघ प्रदेश नं १ र शिरोमणि पुस्तकालयलाई भवन निर्माणका लागि जग्गा प्रदान गरेको छ । प्रमुख पराजुली आफुले विगत एक वर्षमा महानगरपालिकावाट पाएको सुविधाको रकम सामुदायिक विद्यालयलाई सहयोग गरेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर