पूर्वाञ्चल खबर
क्याम्पसमा हुने क्याम्पस प्रमुख नियुक्ती, शिक्षक नियुक्ती, चमेना गृह, पालेको नियुक्तीदेखि लिएर क्याम्पसको हरेक सरोकारका विषयमा क्याम्पस प्रमुख र सचालक समितीको अध्यक्षको मनोमानी हुने गरेको हो ।
सचालक समितीले विधान विपरित क्याम्पस प्रमुख नियुक्ती गरेको एक बर्ष बितीसक्दा पनि सञ्चालक समितीले क्याम्पस प्रमुख चेतन पौड्ेललाई नियुक्ती पत्र दिएको छैन भने पौडेल प्रमुख भए यता क्याम्पसको चमेना गृह र सुरक्षा गार्डनै परिवर्तन भै सकेका छन् ।
पूर्व क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी दुई तिर पूर्णकालिन भए भन्दै पौडेलले आवाज उठाएर राजिनामा दिन बाध्य बनाएको स्रोतले बताएको छ । बुढाथोकीले राजिनामा दिए पछि क्याम्पस प्रमुखमा ताराबहादुर काफ्ले नियुक्ती भएका थिए तर काफ्ले स्थानीय निकायको चुनावमा उठ्ने भएपछि पुनः पौडेल राजनीति पहुचका कारण नियुक्ती भएका हुन् ।
क्याम्पसको मर्यादा क्रमको आधारमा हेर्ने हो भने पौडेल भन्दा अगाडी शान्तिराम तिम्सीना आउने भए पछि दुई तिर पूर्णकालीनले नपाउने आवाज उठे पछि पौडेलले आफू बहुमुखीमा मात्र कार्यरत हुने सम्झौता गरि क्याम्पस प्रमुख नियुक्त्ती भएका थिए ।
पौडेल पथरीशनिश्चरे ४ मा रहेको भागिरथ मा विका निमावि शिक्षक हुन् । शिक्षक समेत रहेका पौडेल हाल पनि दुवैतिर पूर्णकालीन रुपमा कार्यरत रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयकले संचालन गरेको स्नातक तहको परीक्षामा केन्द्राध्यक्ष बहुमुखीका प्रमुख हुने नियम छ तर पौडेल केन्द्राध्यक्ष ंभएर स्कूल र केन्द्राध्यक्ष दुवैको सुविधा लिएको देखिएको छ ।