AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरको ट्राफिक व्यवस्थापन गर्ने बारेमा छलफल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०७५, आईतवार २०:४१
3
Shares
विराटनगर/ विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक,यातायत व्यवसायी,उद्योगीलगायत सरोकार सम्बद्धहरुसंग आज महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो ।

नगरको ट्राफिक चोकदेखि जलजला मोडसम्म मेनरोडमा दुवैतर्फ पार्किङ्ग निषेध गरिनुका साथै ए प्लट , वि प्लट र नमस्कार होटल अगाडिको भागमा मात्र पार्किङ्ग गर्न दिने निर्णय भएको छ । यस्तै बुधहाटचौक हनुमान मन्दिरदेखि जलजला मोडसम्म लाग्दै आएको वान वेमा दुईपांग्रे सवारी साधनलाई आवजजावतमा खुल्ला गरिने भएको छ । यस्तै अन्य सवारीसाधनको हकमा वान वे यथावत रहनेछ ।

यस्तै वडाप्रहरी कार्यालय ‘क’ देखि जलजला मोडसम्मको सडकमा समेत एकतर्फी पार्किङ्गको व्यवस्था गरिने निर्णय गरिएको छ ।

कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले ट्राफिक संगको सहकार्यमा महानगरले जनमुखि कार्यलाई निरन्तरता दिने बताए । उनले महानगर भित्रको ट्राफिक व्यवस्थापनलाई साउन १ गतेदेखि पूर्ण कार्यन्वयनमा ल्याउने जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिव पोखरेलले ट्राफिक व्यवस्थापनमा केही नयाँपन दिन आफू लागिपरेको बताए । पोखरेलले जिल्लाभरि आफुले ट्राफिकको समस्या पहिचान गरी समाधानका लागि अगाडि बढेको बताए ।

छलफलमा महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, महासचिब नविन रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक निशान थापा, विराट व्यापार संघका सुजन थापा, पूर्व नेपाल यातायत व्यवसायी महासंघका धर्मदेव साहलगायतले ट्राफिक व्यवस्थापनबारे सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर