पूर्वाञ्चल खबर
दोस्रो चरणमा पक्राउ परेका ६ जना अभियुक्तलाई पुरक अभियोग लगाएर मुद्दा दर्ता गरेको अभियुक्तहरुको आइतबारदेखि मोरङ जिल्ला अदालतको जिल्ला न्याधीश नारायणप्रसाद शर्माको इजालमा थुनछेक बहस सुरु भएको पहिलो दिनमै वादीको तर्फबाट सरकारी वकिलको बहस सकिएको हो ।
पहिलो दिन सरकारी वकिलहरुले बहस गर्दै प्रतिवादीहरु कसुरदार देखिएको भन्दै सबैलाई थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने तर्क राखे । अभियुक्तहरु सुन तस्करी हत्या प्रकरणमा मतियार देखिएको हुनाले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने सरकारी वकिलले बताए । बादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधिवक्ताद्वय पदम वस्ती र रोहित पोखरेलले बहस गरेका थिए ।
सरकारी वकिलको बहस सकेपछि सोही दिन १२ जना कानुन व्यवसायीहरुले प्रतिवादीहरुको तर्फबाट बचाउपूर्ण बहस गरेका थिए । प्रतिवादी उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्तकुमार आचार्य, दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ्ग, दोलखा चरिकोट १ का ४३ वर्षिय मोतीराम श्रेष्ठ, काठमाण्डौ ६ का गौरीघाटका ४२ वर्षिय रामकुमार तिवारीको बहस सकिएको छ भने काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवालको बहस हुन बाँकी रहेको छ । सिलवालको बहस सोमबार हुने भएको छ ।
सरकारी वकिलहरुको सहस सकिए पनि प्रतिवादीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुको बहस नसकिएकाले सोमबार पनि हुने श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । उनका अनुसार प्रतिवादीको तर्फबाट अब २ जनाले बहस गर्न वकलात नाम दर्ता गरेको बताए । बाँकी रहेको दुई जना कानुन व्यवसाहीहरुले बहस गरेपछि सरकारी वकिलले प्रतिउत्तर दिएपछि सम्भवत सोमबार आदेश आउने श्रेस्तेदार दुलाले जानकारी दिए ।
थुनछेक बहसबाट आउने आदेशले प्रतिवादीहरुलाई पुर्र्पक्षको लागि थुनामा पठाउने, धरौटिमा छोडने वा सादा तारिकमा छोडने छ ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना संचलन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरे, प्रहरी अधिकारी सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए ।