AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाल न्यायलाई छिटो बनाउनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७३, बुधबार १९:४०
3
Shares
२२ मंसिर, विराटनगर /बाल न्यायलाई छिटो छरितो र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा आज अन्तरक्रिया आयोजना गरिएको छ ।
जिल्ला बाल न्याय समन्वय समितिको आयोजनामा विराटनगरमा भएको बाल न्याय र सरोकारवालाहरुको भूमिका बिषयमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले बालबालिकासग सोधपुछ गर्दाको भाषा बालमैत्री हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बाल न्यायलाई प्रभावकारी बनाउन बालमैत्री अनुसन्धान गराउन प्रहरीलाई निर्देशन दिने सन्दर्भमा सरकारी वकिलको भूमिका प्रभावकारी नभएको,बालबालिकालाई लगाइएको अभियोगको भाष
बालमैत्री नभएको गुनासो सहभागीहरुले गरेका थिए ।
बालन्याय सम्बन्धी नेपालको कानुनी व्यवस्था बिषयमा जिल्लाा न्यायधीश बिनोदकुमार पोखरेल ,कसुरको अभियोग लागेका बालबालिका बिषयमा सह न्यायधिवक्ता लोकराज पराजुली लगायतले कार्यपत्र प्रस्तुत गरेकान थिए ।
जिल्ला न्यायधीश विनोदमोहन आचार्य , मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल लगायतका विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर