AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाली महिला टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७३, बुधबार १८:३१
3
Shares
२२ मंसिर, काठमाडौं /साफ च्याम्पियनसीपको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियाको राष्ट्रिय टोलीसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
आगामी पुस २ गते हुने मैत्रीपूर्ण खेल सातदोवाटामा रहेका एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
नेपालको प्रस्ताव स्वीकार गर्दै मलेसियाली टोली नेपालसँग फुटबल खेल्न मंसिर ३० गते काठमाडौं आइपुग्ने एन्फाले जानकारी गराएको छ ।
नेपाली राष्ट्रिय टिमका ३० खेलाडीहरु दिनको दुई सत्रको अभ्यासमा छन् । मूख्य प्रशिक्षक कुमार थापा र सहायक प्रशिक्षक अमृता खवास रहेका छन् ।
आगामी पुस ११ गतेदेखि सिलीगुडीमा हुने महिला साफ च्याम्पियनसीमा नेपालले सहभागिता जनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर