पूर्वाञ्चल खबर
इटहरीस्थित क्षेत्रिय रंगशालामा भएको उद्धघाटन खेलमा पिसजोनले युनिभर्सल स्कूललाई ३–० गोल अन्तरले पराजित गरेको छ । पिसजोनको जीतमा क्याप्टेन रितेश शाहीले २ गोल गर्दा विशाल रसाइलीले १ गोल गरे । पिसजोनका शाही म्यानअफ द म्याच घोषित हुदै नगद ५ सय र ट्रफी हात पारे । मंगलबारको पहिलो खेल सेक्रेडहार्ड स्कूल र गोदावारी बोर्डिङ स्कूलबिच हुनेछ भने दोस्रो खेल पूर्वाञ्चल बोर्डिङ स्कूल र ब्लुमिङ बोर्डिङ स्कूलबिच हँुदा तेस्रो खेल कोशी सेन्टजेम्स स्कूल र वाइ प्वाइन्टिङ स्कूलबिच हुने आयोजकले जनाएको छ ।
इटहरी फूटबल ट्रेनिङ सेन्टरको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा सुरु भएको प्रतियोगिताको विजेताले नगद ३० हजार तथा दोस्रो हुनेले नगद २० हजार र ट्रफी पाउने आयोजक कमीटीका अध्यक्ष श्याम मानन्धरले जानकारी दिए । प्रतियोगिताको सुनसरी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष अनुरोध थापाले उद्धघाटन गरे । असार १२ गतेसम्म चल्ने प्रतियोगितामा इटहरी क्षेत्रभरीका संस्थागत तथा समुदायिक बिद्यालय गरी २५ टिमको सहभागीता रहेको छ ।