पूर्वाञ्चल खबर
नेपालमै पहिलो पटक आयोजना गरिन लागिएको दाबी गरिएको प्रतियोगिता जेठ १७ गते देखि २० गते सम्म चल्ने छ । प्रतियोगिता प्रत्येक दिन साँझ ६ बजे सुरु हुने सुनसरी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष अनुरोध थापाले बताए । इटहरी स्थित क्षेत्रिय रंगशालाको भलिबल कोर्टमा हुने रात्रीकालिन भलिबल प्रतियोगिताको लागी स्थायी रुपमा फ्लड लाइट जडान गरिएको थापाले बताए । प्रतियोगितामा दुई विभागिय टिम नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी प्रदेश नम्बर १, ३, ४ र ५ को सहभागिता रहने आयोजकले जानकारी गराए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड र द्धितिय हुने टिमले नगद १ लाख र शिल्ड पाउने छन । यस्तै उत्कृष्ट खेलाडीले २४ इञ्चको एलइडी टिभी र बिधागत तर्फ उत्कृट हुनेहरुले जनही ५ हजार पाउने पूर्वाञ्चल भलिबल संघका सचिव लेखनाथ पराजूलीले बताए ।