पूर्वाञ्चल खबर
केपी ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेकै दिन इन्धनको मूल्य बढेको हो। यो अबधिमा चार पटक मूल्यवृद्धि भइसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वढाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर एक सय १० र डिजेल र मट्टितेलको मूल्य ९२ रुपैयाँ पुगेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ ।