खबर पूर्वाञ्चल
उक्त विद्यालयमा अध्ययनरत छात्रा रिबन बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रममा जेभियर्स स्कुल कक्षा १० का ३६ जना विद्यार्थी साथै सञ्चालक तथा शिक्षकद्वय जनक ढकाल र तुलसी खतिवडा सहभागी भएका थिए। जेभियर्स बाल क्लबकी अध्यक्ष आकृति चौधरी, सचिव नम्रता कालिकोटे र स्कुल क्याप्टेन अस्मिता चौधरीले कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै गाँउ पालिकाले बालबालिकाको क्षेत्रमा सञ्चालन गरेका बिभिन्न कार्यक्रमका बारेमा चर्चा गरेका थिए।
बिभिन्न विद्यार्थीबाट आएका जिज्ञासाको जवाफ दिँदै पालिका अध्यक्ष थापा मगरले गाउँ पालिकाको हालसम्मको कार्य विवरण र भावी कार्ययोजनाको बारेमा प्रकाश पारेका थिए।
सुकुम्बासी समस्या, कल कारखानाबाट हुने प्रदुषण, बिकास निर्माणका कार्यमा भएको ढिलासुस्ती, शुध्द खानेपानी सम्बन्धी समस्याको उठान गर्दै गाँउपालिकाले विद्यालय खेलकुदमा बिशेष ध्यान दिनुपर्ने जस्ता सुझाव छात्रछात्राले दिएका थिए भने पालिका अध्यक्ष मगरले समस्याका कारण निर्क्योल गरी समाधानका कार्ययोजना बनाई अगाडि बढेको र भविष्यका कर्णधार आजका विद्यार्थीहरूबाट आफूले निरन्तर यस्ता सुझावको अपेक्षा राख्ने बताउँदै निरन्तर खबरदारी गर्नसमेत आग्रह पनि गरेका थिए।
तपाईको प्रतिक्रिया