पूर्वाञ्चल खबर
सम्बोधनमा उनले भारतका प्रधानमन्त्रीसँग नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने सहमति भएको जानकारी गराए । साथै उनले संविधान दिवसलाई आधार मानेर विगतमा भएका दुई देशीय सन्धि सम्झौतालाई कार्यान्वय गर्ने सहमति भएको उनले बताए ।
उनले संसदलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीसँग आन्तरिक मामलामा हस्तक्षेप नगर्ने भौगोलिक अखण्डता तथा राष्ट्रिय हितलाई सम्मान गर्ने विषयमा उच्च स्तरीय सहमति भएको बताए ।
काठमाडौं–रक्सौल रेलमार्गका लागि संयुक्त कार्य दल बनाएर सर्वेक्षण गर्ने र सम्झौता पत्रमा छिट्टै हस्ताक्षार गर्ने समझदारी भएको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराएका छन् । नयाँ पत्रिकामा यो समाचार छ ।