पूर्वाञ्चल खबर
बर्ष भरी उत्कृष्ट कार्य गर्दै आएको विराटनगर मेट्रो क्लवले आगामी बर्षका लागि प्रथम दितिय र तृतिय उपाध्यक्षमा क्रमश रुपकराज सुवेदी, सुरेश कार्की र दिपक शाहलाई निर्वाचित गरेको छ । यसै गरी डा. पार्थ गुरागाई सचिव र खुर्षिद आलम कोषाध्यक्षमा नियुक्त भएका छन् ।
यस समितिको कार्यकाल आगामी जुलाई एकबाट शुरु हुने कुरा क्लवका अध्यक्ष अशोक शिवाकोटीले बताए । सम्पुर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त कैलाश खाकी श्रेष्ठले बताए ।