AArya
animated ellipse animated ellipse

सेवालाई प्रविधि मैत्री वनाउदै धनपालथान गाउँपालिका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०७९, बिहीबार १५:१२
207
Shares
कुमोद अधिकारी
विराटनगर /सवै प्रकारका सेवा सहज तथा चुस्त वनाउन मोरङको धनपालथान गाउँपालिकाले अनलाईन मार्फत सेवा विस्तार गर्न थालेको छ ।

पालिकाले शिक्षा स्वास्थ्य तथा पालिकावाट प्रदान गर्ने सवै प्रकारका सेवालाई अनलाइन मार्फत विस्ता गर्न लागेको हो ।

त्यस क्रममा अनलाइन मार्फत कार्य संचालन गर्ने उदेश्यले पालिकाले स्टोर मौज्दात इएलएमटिएस सम्वन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

पालिकाका स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दे तीनदिनसम्म सञ्चालन भएको तालिममा १० जना स्वास्थ्यकर्मीको सहभागिता थियो । धनपालथान गाउँपालिकाको आयोजनामा भएको तालिममा प्रशिक्षकहरुले अनलाइन सेवावाट कसरी काम गर्न सकिन्छ भन्ने विषयमा तालिममा सहभागीहरुलाई जानकारी गराएको पालिकाका स्वास्थ्या शाखा प्रमुख ऋषीराज सेठले जानकारी दिए ।

तालिम समापन कार्यक्रममा वोल्दै पालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले स्वास्थ्यकर्मीको दक्षता अभियवृद्धि गर्न तथा पालिकाले प्रदान गर्ने सवै प्रकारका सेवा सहज वनाउन अनलाईन मार्फत सेवा प्रदान गर्न लागेको वताए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवकुमार ढकालले सुशासन तथा सेवालाई गुणस्तर र पारदर्सी वनाउन पनि अनलाइन सेवा आवश्यक रहेको वताए ।

पालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरुमा सेवा लिन आउने विरामीलाई ९२ प्रकारका औषधि निःशुल्क वितरण हुदै आएको छ । जस्का कारण अति विपन्न, गरिव समुदायलाई राहत पुगेको छ ।

पालिकाले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वारुप ६ हजार तथा छोरा जन्माउने आमालाई दुई हजार रुपैया दिदै आएको छ । त्यस्तै पालिकाले एम्वुलेन्स सेवा तथा आवश्यक पर्दा रगत समेत निःशुल्क उपलव्ध गराउदै आएको स्वास्थ्य प्रमुख सेठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर