AArya
RUMPUM
animated ellipse animated ellipse

प्रकृतिको पूजा गर्दै मनाए किरांत धर्मालम्बीहरुले उभौली पर्व

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०७५, सोमबार १९:५०
3
Shares
विराटनगर / प्रकृतिको पूजा गर्दै किरांत धर्मालम्बीहरुले उभौली पर्व मनाएका छन् । किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातीले उभौली पर्व मनाएका हुन् ।

किरातीरीति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा भूमिको पूजा गरी यो पर्व मनाएका हुन् ।


पृथ्वीमा कृषि युगको सुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ । उभौलीलाई समुदाय, ठाउ“ र भाषागत भिन्नता अनुसार विभिन्न नामले पुकारिन्छ । चाम्लिङले साकेला, वान्तावाले साकेवा, सुनुवारले फोलष्या“दर, लिम्बूले चासोक, दुमीले तोसी भन्ने चलन छ ।

अन्नबाली राम्रोस“ग सप्रियोस , पानी परोस, कीरा, फट्यागँ्रा तथा जंगली जनावरले दुःख नदिउन, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाईने गरेको किरात राई यायोक्खा नगर कार्य समिती विराटनगरकी अध्यक्ष विष्णु राईले जानकारी दिए ।

तराईमा गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुगी कीरा फट्याग्रासमेत उभो चिसो लेकतिर बसाई सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको किरात धर्मका अगुवा विवी थुलुङ राईको भनाई छ ।

पूजा सम्पन्न गर्नका लागि कुखुरा, सुँगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुका“ड लगायत सामग्री आवश्यक पर्छ”, थुलुङ राईलेले भने । पूजापछि थानकै वरिपरि सामूहिक रूपमा विभिन्न परम्परागत बाजा बजाएर नाच्ने गरिन्छ ।

नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुगीको नक्कल, गरि नाच्ने चलन रहेको छ ।

उभौली पर्वमा जातीय पहिचान भल्काउने पहिरन लगाइन्छ । पुरुषहरू कालो कोट, खा“डीको कपडा, अल्लोको धागोबाट बुनिएको कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुगा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छर, सिन्कौली सेउली हल्लाउ“दै, ढोल, झ्याम्टा बजाउ“दै विराटनगरमा युवायुवतीको बाक्लो भिड् रहेको थियो ।
पर्वको अवसरमा विराटनगर–११ मा रहेको साकेला थानमा सबै किरा“त समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए ।

चण्डी नाचमा किरा“त समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गहरुको बाक्लो मात्रमा सहभागिता रहेको थियो ।

उभौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किरा“त राई यायोख्खा नगर परिषद विराटनगरका सचिव कुन्ता राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर