RUMPUM
animated ellipse animated ellipse

वर्षाले ३० करोडभन्दा बढिको ईट्टाको क्षती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७५, शनिबार १७:४०
3
Shares
कुुमोद अधिकारी
विराटनगर / वर्षाका कारण मोरङ र सुुनसरी जिल्लामा ३० करोड भन्दा वढि मुुल्य वरावरको ईट्टा क्षती भएको छ ।

वर्षाका कारण सात करोड भन्दा वढिको संख्यामा काचो ईट्टा क्षति भएको कोशी अञ्चल ईट्टा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले वताए ।

यसपटक वेमौसमी वर्षाका कारण पोल्न ठिक पारिएको काचो ईट्टा काम नलाग्नेगरी नष्ठ भएको उनको भनाई छ । सुुनसरी र मोरङ जिल्लामा ५३ वटा ईट्टा उधोग सञ्चालनमा रहेका छन् ।

एउटा उधोगमा १० देखि १२ करोडको लगानी रहेको छ । आनन्द ईट्टा उधोगका सञ्चालक दिलिप वगडियाले वर्षाका कारण ६ वटा ईट्टा उद्योगमा १० करोड भन्दा वढि क्षति पुुगेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर